काठमाडौं । बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र अञ्जिला को रात किन हुन्छ हजुर बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजानिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरूलाई देखाइएको छ ।
'अञ्जिला'नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्।
चलचित्रमामा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठ तथा सह–निर्माता टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया हुन् ।


