सोमबार, कार्तिक १७ गते २०८३
images
images

सांसदको सिंह प्रश्न;मधेशी,जनजाति, दलित, महिला यो देशमा भिख माग्न बसेका हुन् ?

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 290
    SHARES
  • सांसदको सिंह प्रश्न;मधेशी,जनजाति, दलित, महिला यो देशमा भिख माग्न बसेका हुन् ?

    काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् । 

    images

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाएका हुन् । उनले मधेशी,जनजाति,दलित,महिला के भिख माग्नका लागि यो देशमा बसेको हो भन्दै प्रश्न गरे । 

    उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि तीन नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए । मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ ? मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’

    images

    सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे ।  उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने बताए ।

    उनले भने, ‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’

     

  • सम्बन्धित विषय:

  • # डा.अमरेशकुमार सिंह