आइतबार, कार्तिक १६ गते २०८३
images
images

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सयबढी घाइते

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 376
    SHARES
  • म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सयबढी घाइते

    काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ भने एकसय बढीलाई अस्पताल भर्ना गरिएको छ । 

    images

    स्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो । 

    क्लबको सम्पूर्ण भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु एउटामात्र रहेकाले कोलाहल समेत मच्चिएको थियो । अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको छ । 

    images

    स्थानीय प्रहरीले कम्तिमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिइएको छ र घट्नाको थप अनुसन्धान गरिरहेका छन्।

    घट्नापछि आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ । उत्तरी म्यासेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ ।(सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # म्यासेडोनिया