काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दिपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक(आईजीपी)मा बढुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
महानिरीक्षक वसन्त कुँवर सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएकाले सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । थापाले हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
.jpg)


