सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदमा उठ्यो महायज्ञ गर्ने भन्दै दलित डोमको घर भत्काइयो विषय

एक्सप्रेस पाना
चैत्र ७, २०८१ बिहीबार
  • 256
    SHARES
  • संसदमा उठ्यो महायज्ञ गर्ने भन्दै दलित डोमको घर भत्काइयो विषय

    काठमाडौं । सिरहाको औरही गाउँपालिकामा १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काइएको विषय संसदमा पनि उठेको छ । 

    images

    बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले दलित परिवारको उठिवास लगाउने कुरा सह्य नभएको भन्दै न्यायको लागि माग गरेका हुन् । उनले उक्त घटनाको घोर भर्त्र्सना गर्ने बताए । 

    उनले भने ‘ती डोम परिवारको जसरी उठिवास गराइएको छ । यसको म घोर भर्त्र्सना गर्न चाहन्छु । ती पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्दछु ।’ ।

    images

    त्यसैगरी सांसद सम्झना थपलियाले दलितको घर भत्काउँदा सरकार मुकदर्शक बनेको बताइन् ।

    उनले भनिन्, "गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु तपाईं दलित विरोधी हो? यसरी संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुन्छ ?,’  ‘गृहमन्त्रीज्यूले यसबारेमा संसदमा जवाफ दिनुपर्छ ।" 

  • सम्बन्धित विषय:

  • # जीवन परियार
  • # सम्झना थपलिया