मंगलबार, भाद्र २३ गते २०८३
images

सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ:मन्त्री सिंह

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 413
    SHARES
  • सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ:मन्त्री सिंह

    काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

    images

    बुधबार काठमाडौंमा आयोजित शहरी शासन र विकास सम्बन्धी क्षेत्रीय गोल तालिका विषयक छलफल कार्यक्रममा बोल्दै उनले सरकार शहरीकरणको चुनौती सामना गर्न तयार रहेको बताएका हुन् ।   

    उनले भने, ‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध रहेको छ । मेरो मन्त्रालयको ऐजेण्डा भनेको अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु हो जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ।’

    images

    यसको साथै, उनले सरकार शहरीकरणको चुनौतीहरु सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै नेपालको राष्ट्रिय शहरी नीति २०२४ यसै तर्फ अगाडी बढेको बताए । 

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह