सोमबार, कार्तिक १७ गते २०८३
images
images

राजावादीहरूद्वारा तीनकुनेमा सर्वसाधारणको घरमा तोडफोड र आगजनी,आगो निभाउन पुगेको दमकलमाथि अवरोध

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 451
    SHARES
  • राजावादीहरूद्वारा तीनकुनेमा सर्वसाधारणको घरमा तोडफोड र आगजनी,आगो निभाउन पुगेको दमकलमाथि अवरोध

    काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । 

    images

    राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश गर्न दिएका छैनन् ।

    घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन् । तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन् । 

    images

    आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।