काठमाडौं । शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा जलाएको घर भित्र एक शव भेटिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उक्त शव एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको भएको बताइएको छ ।
तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए । त्यसक्रममा राजावादीहरूले घरमा लगाएको आगजनीमा परी उनको मृत्यु भएको हो ।
.jpg)


