बुधबार, भाद्र २४ गते २०८३
images

म्यानमारमा शुक्रबार गएको भूकम्पमा परी १४४ जनाको मृत्यु

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 256
    SHARES
  • म्यानमारमा शुक्रबार गएको भूकम्पमा परी १४४ जनाको मृत्यु

    काठमाडौं । म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ भने ७३२ जना घाइते भएका छन् । 

    images

    मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङलाई उदधृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पले म्यानमारमा बिजुली, टेलिफोन र इन्टरनेट पनि बन्द भएको छ । 

    थाइल्याण्डमा पनि भूकम्पका कारण एउटा भवन भत्किँदा भूकम्पमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । तर, त्यसयता थाई प्रशासनले कति जनाको मृत्यु भएको छ वा कति घाइते भएका छन् भन्ने जानकारी दिएको छैन ।

    images

    शुक्रबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्ड र चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # म्यानमार