बुधबार, भाद्र २४ गते २०८३
images

रवि लामिछानेले राखे सभामुख घिमिरेसँग सांसद पद फुकुवाको माग

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 303
    SHARES
  • रवि लामिछानेले राखे सभामुख घिमिरेसँग सांसद पद फुकुवाको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । 

    images

    मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले  आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए ।  

    त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए । 

    images

    उनले भने,‘राजनीतिक प्रतिसोधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखि अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन् भन्ने कुरा मैंले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।’

    आफूलाई चितवनबासीले दुई दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने