मंगलबार, भाद्र २३ गते २०८३
images

२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 256
    SHARES
  • २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो:राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् । 

    images

    बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

    उनले भने, ‘२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युगमा प्रवेशको स्थानविन्दु पनि थियो । खासमा २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु।’

    images

    साथै उनले साढे सात दशकदेखि अनवरत रुपमा कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा  आफूलाई खुसी लागेको समेत बताए ।

    उनले भने, ‘मुलुकै  प्रमुख आमसञ्चारमा रुपमा साढे सात दशकदेखि अनवरत सत्य, तथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा मलाई अत्यन्त खूसी लागेको छ ।’

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल