सोमबार, कार्तिक १७ गते २०८३
images
images

पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 463
    SHARES
  • पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

    काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । 

    images

    बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

    लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । 

    images

    नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ । 

  • सम्बन्धित विषय:

  • # दीपक बोहरा