सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीनकुने आसपाको क्षेत्रमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

एक्सप्रेस पाना
चैत्र २२, २०८१ शुक्रबार
  • 467
    SHARES
  • तीनकुने आसपाको क्षेत्रमा  प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

    काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ । 

    images

    शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरी खतिवडाले यस्तो निर्देशन दिएका हुन । 

    उनले भने,‘काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई समिति निर्देशन गर्दछ ।’

    images

    त्यस्तै चैत्र १५ गतेको घटनाको सत्यतथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसमा संलग्न रहेकालाई आवश्यक छानविन गरी कानुनी कारबाहीलाई अघि बढाउन पनि उनले निर्देशन दिएका छन् । 

    नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

  • सम्बन्धित विषय:

  • # तीनकुने क्षेत्र