सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्रम्पले चीनमाथि लगाए थप ५० प्रतिशत कर

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 235
    SHARES
  • ट्रम्पले चीनमाथि लगाए थप ५० प्रतिशत कर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । योसँगै अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ । 

    images

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुचीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।ु

    आफ्नो दोस्रो कार्यकालको सुरुमा, ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, जस अन्तर्गत चीनमा थप ३४ प्रतिशत कर लगाइयो । अब  फेरी ५० प्रतिशत भन्सार महसुल पछि, कुल आयात महसुल १०४ प्रतिशत पुगेको हो ।

    images


    ट्रम्पले यस अघि सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा उसले चीनमाथि थप ५० प्रतिशत कर लगाउने बताएका थिए ।