आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

एक्सप्रेस पाना
बैशाख ४, २०८२ बिहीबार
  • 250
    SHARES
  • पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

    काठमाडौं । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । 

    images

    भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।

    इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ । 

    images

    सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

    मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तान