शनिबार, भाद्र २७ गते २०८३
images

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

एक्सप्रेस पाना
बैशाख १०, २०८२ बुधबार
  • 294
    SHARES
  • बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

    images

    बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

    विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए । 

    images

    उनले भने, ‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं । वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरुको शुभकामनाबाट सुरु गर्ने छौं । सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं । 

    बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिन पनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । 

    उनले भने, ‘शिक्षा विधेयकलाई छिटो भन्दा छिटो टुङ्ग्याउँछौैं  । उपसमितिले प्राप्त गरेको समयभित्र समितिलाई पेस गर्ने र समितिले केही दिन भित्रनै टुङग्याएर संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिन पनि पर नधकेलिकन बरु कार्यसूचीमा भएका अन्य कामलाई होल्ड गर्छौ तर शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरा भएको छ । यसमा सबैको ऐक्यवद्धता छ । यो महिनाको अन्तिमसम्म शिक्षा विधेक पारित गर्ने छौं ।’

    त्यस्तै, १४, १५ र १६ गते लगातार तीन दिन बैठक चलाउने र अड्कीएका विधेयकहरुलाई टुङ्गो लगाउने पनि उनले बताए । 

    ‘१४,१५र १६ गते हामी लगातार तीन दिन बैठक चलाउँछौं र त्यस दिनमा केही विधेयकहरुलाई टुङ्ग्याउँछौं । पाँचौं अधिवेशनमा प्रतिपक्षको विरोधका कारण अड्केका विधेयकहरु टुुङ्ग्याउँछौं ।’ उनले भने,

     

  • सम्बन्धित विषय:

  • # शिक्षा विधेयक