बुधबार, भाद्र २४ गते २०८३
images

एनआइएचएसको निःशुल्क स्वास्थ्य शिविर:वास्तविक सेवा पाएको प्रतिक्रिया

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 322
    SHARES
  • एनआइएचएसको निःशुल्क स्वास्थ्य शिविर:वास्तविक सेवा पाएको प्रतिक्रिया

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस क्लिनिकसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरको सोमबार अपरान्ह समापन हुँदैछ । शिविरमा उल्लेख्य सहभागिता रहेको छ । 

    images

    आइतबारदेखि कमलादीस्थित नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा सुरु भएको शिविर सोमबार समापन गर्न लागिएको हो । 
    एनआइएचएसका सञ्चालक रुपनारायण शाहले नागरिकको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए । 

    उनले शिविरमा सहभागीले निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, युरिक एसिड जाँच, तथा विशेषज्ञ चिकित्सकसँग परामर्श सेवा जस्ता स्वास्थ्य सेवाको प्याकेज नै लिन पाउने व्यवस्था गरिएको पनि जानकारी दिए । 

    images

    उनले भने, ‘नेपाल लाइफ इन्स्योरेन्सले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहको अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यसमा एनआइएचएसले सहकार्य गर्दै प्याकेजमा काम गरिरहेको छ । शिविरमा सहभागीले निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) परीक्षण, कोलस्ट्रोल, ट्राइग्लिसराइड, युरिक एसिड जाँच, तथा विशेषज्ञ चिकित्सकसँग परामर्श सेवासमेत प्राप्त गर्न सक्नेछन् ।’

    त्यस्तै उनका अनुसार अहिलेसम्म चार सयभन्दा बढि सेवाग्राहीले शिविरमा सेवा लिएका छन् भने सोमबार साँझ ५ बजेसम्म आठसय जनाले सेवा लिने लक्ष्य रहेको छ । 

    ‘हिजो आइतबार र सोमबार दिउसोसम्म चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिइसक्नुभएको छ ।  बेलुका ५ बजेसम्म आठ सयलाई सेवा दिने लक्ष्य चाँही छ ।’

    सञ्चालक शाहले एनआइएचएसले प्रदान गर्ने सेवा अन्तर्राष्ट्रिय स्तरको भएका कारण डाक्टरहरुको टीम पनि राम्रो भएको बताए । विरामीहरुको व्यवस्थापन र सेवाको गुणस्तर राम्रो भएको कारण सेवाग्राहीले एकदमै सकारात्मक प्रतिक्रया दिएको उनले सुनाए । 

    उनले भने,‘सेवाग्राहीहरुबाट पनि एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । एनआइइचएस इन्टरनेसनल सर्भिस हो । डाक्टरहरुको टीम पनि एकदमै राम्रो छ । विरामीहरुको राम्रो म्यानेज गरिएको छ । रिपोर्टहरुको क्वालिटी राम्रो छ । त्यो हिसाबले पनि सेवाग्राहीले एकदमै सकारात्मक प्रतिक्रया दिनु भएको छ । पहिलाको भन्दा सहज तरिकाले र क्वालिटीको सेवा लिएको छौं । सोही अनुसारको प्रतिक्रिया आएको छ ।’ 

    उनले निशुल्क भन्ने वित्तिकै धेरै थरिका सेवा नदिने, रिपोर्ट पनि अन्दाजी तरिकाले दिने गरिएकाले निशुल्क स्वास्थ्य सेवाप्रति जनमानसमा नकारात्मक मानसिकताको विकास भएकोमा आपत्ति जनाए । यदी राम्रो मेडिकल र अब्बल टीम छ भने निशुल्क सेवापनि क्वालिटीको दिन सकिने उनले बताए । 

    उनले भने,‘निःशुल्क भन्ने वित्तिकै मानिसले धेरै थरिका सेवा दिएका हुँदैनन् । कसैले रिपोर्ट नै अन्दाजी तरिकाले दिइराखेका हुन्छन् । र अर्को निःशुल्क भन्ने वित्तिकै केही त हुँदैन् होला भन्ने मानसिकता पनि छ । तर राम्रो संस्थाले अर्को राम्रो संस्थासँग मिलेर केही गरिरहेको छ भने त्यो राम्रो हुन्छ । विरामीलाई लाग्ने खर्च निशुल्क भएपनि अन्य खर्च धेरै भइरहेको हुन्छ । त्यसलाई निःशुल्क भन्न मिल्दैन् । तर हामीले निःशुल्क नै गराएको छौं । निःशुल्क हुँदैमा राम्रो हुँदैन भन्ने नकारात्मक सोचलाई हटाउन चाहन्छौं । राम्रो मेडिकल छ भने राम्रो टिम हुन्छ । त्यसबाट लाभ लिन सकिन्छ ।’

    नेपाल लाइफ इन्स्योरेन्स जस्तै अन्य धेरै कम्पनीहरुले पनि यस्तै किसिमको काम गरेको खण्डमा जनचेतना हुने र स्वास्थ्यप्रति सचेत हुने उनले बताए । 

    त्यस्तै सेवाग्राही झुमा केसीले स्वास्थ्य शिविरमा राम्रो सेवा दिएको हुनाले आफू सन्तुष्ट रहेको बताइन्  । एनआइएचएसले सर्भिस समयमै दिइरहकाले आफू सन्तुष्ट भएको बताइन् । 

    उनले भनिन्,‘ शिविरमा ब्लड टेस्ट, इसिजी चेकअप निशुल्क गरिदिनुभएको छ । यो राम्रो पक्ष हो । हेल्थ चेकअप गरिराख्नु राम्रो पनि हो । एनआइएचको सर्भिस राम्रो लाग्यो ।’

    त्यस्तै अर्का सेवाग्राही बुद्धि बहादुर गुरुङले पनि स्वास्थ्यसँग सम्बन्धि निःशुल्क शिविर ाम्रो लागेको सुनाए । यसरी स्वास्थ्य शिविर आयोजना गर्दा सबैजना स्वास्थ्यप्रति सजग हुने उनको धारणा छ । 

    यस्तै , केही रोग लागेको छ की भनेर आफूलाई शंका लागिरहेको अवस्थामा एनआएचएसको शिविरले स्वास्थ्य परीक्षण गर्न पाएकोमा सेवाग्राही डिके श्रेष्ठले खुसी व्यक्त गरे । 

    उनले भने,‘केही रोग लागेको छ की भनेर शंका लागिरहेको थियो । तर शिविरमा स्वास्थ्य परीक्षण गर्न पाइयो । खुसी लाग्यो । वर्षमा एक पटक स्वास्थ्य शिविर सञ्चालन गर्नु राम्रो पक्ष हो ।’

     

  • सम्बन्धित विषय:

  • # नेपाल लाइफ इन्स्योरेन्स