आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाई हमला

एक्सप्रेस पाना
बैशाख २४, २०८२ बुधबार
  • 338
    SHARES
  • भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाई हमला

    काठमाडौं । भारतले मध्यरातमा पाकिस्तानमाथी हमला गरेको छ । 

    images

    भारतीय सेनाले बुधबार राति करिब १स्३० बजे ‘अपरेशन सिन्दूर’ नामक विशेष कारबाही अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा लक्षित आक्रमण गरेको हो ।

    भारत सरकारले यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको बताएको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो । विज्ञप्तिमा कुल नौ स्थानहरूलाई लक्षित गरिएको पनि भनिएको छ ।

    images

    यस घटनाले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाब चुलिने संकेत देखिएको छ । भारतले पहलगाममा भएको आक्रमणपछि प्रतिशोधस्वरूप कारबाही गरेको बुझिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहँदा दुवै देशबीचको बढ्दो सैन्य गतिविधिले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता थप्न सक्ने विश्लेषण गरिएको छ ।