काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।
आज बजार १४.२४ अंकले घटेर २६३४.८६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ ।
आइतबार १० अर्ब २० करोडको कारोबार भएको बजारमा मंगलबार ९ अर्ब ६३ करोडको कारोबार भएको छ ।
त्यसैगरी मंगलबार ७७ कम्पनीको सेयर मुल्य बढेको छ भने १६८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै पनि परिर्वतन आएको छैन् ।
मंगलबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


