शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 201
    SHARES
  • नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

    काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । 

    images

    नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो । 

    सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख बिरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन्। यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

    images

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष