आइतबार, कार्तिक १६ गते २०८३
images
images

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

एक्सप्रेस पाना
बैशाख ३१, २०८२ बुधबार
  • 277
    SHARES
  • उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

    काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

    images

    सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए ।

    उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले एक्समा जोस मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद।’

    images

    पूर्व राष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।

  • सम्बन्धित विषय:

  • # होसे मुहिका