मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार

एक्सप्रेस पाना
जेठ १, २०८२ बिहीबार
  • 318
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७३ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ८३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १६४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार