काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएको बजारमा सोमबार ७ अर्ब ५८ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार ९२ कम्पनीको सेयर मुल्य बढेको छ भने १५५ कम्पनीको सेयर मुल्य घटेको छ ।


