मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालमा विशेष छुट

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 224
    SHARES
  • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालमा विशेष छुट

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको छ । 

    images

    सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।    

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पताल को तर्फबाट कार्यकारी निर्देशक  भुवन जोशीले हस्ताक्षर गरेका हु्न । 

    images

  • सम्बन्धित विषय:

  • # ह्याम्स अस्पताल