सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘टेक एन्ड पे’ को प्राबधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं:अध्यक्ष कार्की

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 230
    SHARES
  • ‘टेक एन्ड पे’ को प्राबधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं:अध्यक्ष कार्की

    काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एन्ड पे’ को प्राबधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् । 

    images

    बजेटमा सार्वजनिक ‘टेक एन्ड पे’ पीपीएको प्राबधान बिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन्  । कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्ने सम्मको चेतावनी दिए।

    ‘हामिले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउछ’उनले भने। 

    images

    मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’

    उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत्त खरिद सम्झौता (पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ।

     

  • सम्बन्धित विषय:

  • # टेक एन्ड पे