सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रदेशको स्रोत र क्षेत्राधिकार संघले कब्जा गर्यो:अध्यक्ष यादव

एक्सप्रेस पाना
जेठ २६, २०८२ सोमबार
  • 190
    SHARES
  • प्रदेशको स्रोत र क्षेत्राधिकार संघले कब्जा गर्यो:अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्रोत र जनशक्ति केही पनि नभएको बताएका छन् । 

    images

    संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/०८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताएका हुन् ।  

    उनले भने, ‘संघीय वित्तियताले काम गरेको छैन् । क्षेत्राधिकार पनि एकदमै कम छ । प्रदेशलाई स्रोत पनि छैन् र भएको पनि एकदमै न्यून छ । जनशक्ति छैन्, संघले सबै कब्जा गरेको छ र पावर पनि छैन्, एकदमै सिमित छ । यो आधारमा काम गर्दा जुन लाभ संघीय प्रणालीबाट हुनसक्थ्यो त्यो हुन पाएको छैन् ।’

    images

    यस्तै, उनले स्थानीय तहको क्षमता विकासमा अगाडि बढ्नुको सट्टा प्रशासकीय अधिकृतहरुलाई दुईतीन महिनामा चलाएर हैरान पारेको भन्दै प्रदेशमा पनि पाँचदश प्रतिशत मात्र बजेट राखेको बताए । 

    संघीयता कार्यान्वयन गर्ने भन्ने तर काम भने नगर्ने प्रवृत्ति भएकाले यसलाई सुधार गर्नुपर्ने पनि बताए । 

    उनले भने, ‘सरकारमाथि एउटा आशंका जहिले पनि छ । संघीयता कार्यान्वयन गर्न चहदैँन् । संघीयता कार्यान्वयन नगर्ने हो भने सरकार, दल र नेता प्रष्ट रुपमा अगाडि आउनुपर्यो । संघीयता कार्यान्वयन गर्ने पनि भन्ने तर काम भने नगर्ने प्रवृत्ति सुधार गर्नुपर्छ ।’ 

    सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अझै पनि ८० प्रतिशतभन्दा बढी स्थानीय सरकारको बजेट संघीय सरकारको अनुदानमा निर्भर रहेको भन्दै आफ्नै स्रोतबाट राजस्व उठाउने क्षमता अझै पनि धेरै पालिकामा कमजोर भएको बताइन् ।  

     

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव