आइतबार, कार्तिक १६ गते २०८३
images
images

इरान र इजरायलबिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 142
    SHARES
  • इरान र इजरायलबिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं । इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।

    images

    यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । 

    इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार बिहान उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको छ भने तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको हो । 

    images

    तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ । 

    इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । दुई मुलुक चिको भिषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।