काठमाडौं । भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
आर्यन एभिएसनको हेलिकप्टर भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्डको जङ्गलमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सातजनाको निधन भएको भारतिय सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ ।
भारतीय मिडियाहरुका अनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।
यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डीयाको जहाज पनि दुर्घटना भएको थियो । उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।


