आइतबार, कार्तिक १६ गते २०८३
images
images

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 189
    SHARES
  • इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता

    काठमाडौं । इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।

    images

    जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ ।

    अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।

    images

    क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु गर्‍यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल–इरान द्वन्द्व