आइतबार, कार्तिक १६ गते २०८३
images
images

‘सहायक श्रीमान्’ ले स्लोभाकियामा जित्यो अनरेवल मेन्सन अवार्ड

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 308
    SHARES
  • ‘सहायक श्रीमान्’ ले स्लोभाकियामा जित्यो अनरेवल मेन्सन अवार्ड

    कात्तिक २ काठमाडौं । बहुपति प्रथाको विषयमा आधारित वृत्तचित्र ‘सहायक श्रीमान (को–हजबेन्ड) ले स्लोभाकियाको पोपरोडमा आयोेजित २९औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस्मा अनरेवल मेन्सन अवार्ड जितेको छ ।

    images

    विभिन्न १७ वटा देशका ४४ फिल्म तथा डकुमेन्ट्रीले प्रतिस्पर्धा गरेको अवार्ड प्रदान कार्यक्रम आइतबार राति पोपरोडमा सम्पन्न भएको थियो । अनरेवल मेन्सन अवार्ड निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले ग्रहण गरेका थिए । अन्तर्राष्ट्रियस्तरमा अवार्ड जित्दा खुसी लागेको र यसले थप हौसला प्रदान गरेको निर्देशक पाण्डेले बताए ।

    हुम्ला जिल्लामा बसोबास गर्ने लामा समुदायमा घरमा जति दाजुभाइ भए पनि एउटै श्रीमती बिहे गर्ने अनौठो चलनको विषयमा निर्माण गरिएको ३५ मिनेट लामो ‘सहायक श्रीमान्’ ले गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘ग्रान्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो । ‘सहायक श्रीमान्’ २३ अक्टोबरमा अमेरिकाको सियाटलमा आयोजना हुन लागेको साउथ एसियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुने पाण्डेले बताए ।

    images

    ०७२ को भूकम्पमा बाँचेकाहरूको बारेमा ‘भाग्यले बाँचेकाहरू’ नामक डकुमेन्ट्री निर्माण गरेर चर्चा कमाएका निर्देशक पाण्डेको सो डकुमेन्ट्रीले पनि अन्तर्राष्ट्रियस्तरमा विभिन्न डेढ दर्जन बढी अवार्ड जितेको थियो ।न्युज कारखाना