काठमाडौं । अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ।
अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्। अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो।
ट्रम्पले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताएका छन् ।
उनले भनेका छन् ,:"हामले फोर्डो, नातान्ज र इस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण गरेका छौं । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन् । प्राथमिक स्थल फोर्डोमा बमहरूको पूर्ण पेलोड खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा यस्तो गर्न सक्ने अरू कुनै सेना छैन । अब शान्तिको समय आएको छ १ यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।"
.jpg)


