मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल बैंक र स्लाभिका आई.भि.एफ एण्ड रिसर्च सेन्टरबिच सम्झौता

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 280
    SHARES
  • नेपाल बैंक र स्लाभिका आई.भि.एफ एण्ड रिसर्च सेन्टरबिच सम्झौता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित  आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    images

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै Gynecology consultation / Consultation with IVF specialist  सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
     
    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजय जंग कुँवरले  हस्ताक्षर गरेका हुन् । 

     

    images

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक लिमिटेड
  • # स्लाभिका आई.भि.एफ एण्ड रिसर्च सेन्टर