काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार ०.२२ अंकले घटेर २६००.५३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ७६ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार १०७ कम्पनीको सेयर मुल्य बढेको छ भने १४२ कम्पनीको सेयर मुल्य घटेको छ ।


