सोमबार, कार्तिक १७ गते २०८३
images
images

गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक:४५ तोला सुन,१५ लाखको हिरा र १४ करोडको सेयर

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 591
    SHARES
  • गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक:४५ तोला सुन,१५ लाखको हिरा र १४ करोडको सेयर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    images

    राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसँगै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा घर रहेको जानकारी गराएका छन् । दुई वटा घर नै पत्नीको नाममा रहेको उल्लेख छ ।

    त्यसैगरी पौडेलले ४५ तोला सुनका गरगहना र १५ लाख बराबरको हिरा रहेको उल्लेख गरेका छन् । सुन पैतृक र हिरा स्वआर्जन भनेका छन् ।

    images

    उनले विभिन्न कम्पनीमा संस्थापक सेयरधनी रहेको खुलाएका छन् । उनले सात कम्पनीमा १४ करोड बढी सेयर रहेको बताएका छन् । 

    त्यसैगरी पौडेलको सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर रहेको छ । 

    सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ ।

    साथै उनले श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको पनि घोषणा गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # विश्वनाथ पौडेल
  • # गभर्नर