आइतबार, कार्तिक १६ गते २०८३
images
images

केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड,२९ बालबालिकाको मृत्यु

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 235
    SHARES
  • केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड,२९ बालबालिकाको मृत्यु

    काठमाडौं । केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ ।

    images

    बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत ट्रान्सफर्मर विस्फोट भएपछि ठूलो संख्यामा विद्यार्थीहरूमा डर र आतंक फैलिएको जनाएको छ ।

    स्थानीय रेडियोहरुले समेत  विस्फोटको आवाज र धुँवा देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए।

    images

    यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ । राष्ट्रपति फॉस्टिन(अर्चेन्ज टौडोले राष्ट्रिय शोकको घोषणा गर्दै घाइते सबै बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् ।

    उक्त घटना लिसी बार्थेलेमी बोगांडा स्कुलमा भएको हो, जहाँ राजधानीका पाँच विभिन्न विद्यालयका विद्यार्थीहरू स्नातक परीक्षा दिन जम्मा भएका थिए ।