आइतबार, भाद्र २८ गते २०८३
images

युएसएआइडीको सहयोग रोकिदा एचआईभी-एड्स रोकथाममा चुनौती

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 290
    SHARES
  • युएसएआइडीको सहयोग रोकिदा एचआईभी-एड्स रोकथाममा चुनौती

    काठमाडौं । नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी/एड्स रोकथाममा चुनौती देखिन थालेको छ । 

    images

    शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताएका हुन् । 

    यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरु बढी प्रभावित भएको सुनाइन् । उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि  उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन् । सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरु सञ्चालन गर्न नसकिरहेको उनको भनाई छ । 

    images

    थापाले युएसएआइडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन् । उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन् । 

    उनले भनिन्,युएसएआइडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो  त्यो बन्द भयो । जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी/एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरु देशका २० देखि २१ जिल्लाहरुमा राम्रोसँग चिलिरहेका कार्यक्रम धरापमा परेका छन् ।’

    कार्यक्रम नै ठप्प भएपछि एचआईभी/एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्यमा पुग्न नसकिने धारणा राखिन् । कार्यक्रममा डा.सर्वेस शर्मालगायतले नेपालमा एचआइभी/एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए । 

  • सम्बन्धित विषय:

  • # युएसएआइडी
  • # एचआईभी/एड्स