बुधबार, भाद्र २४ गते २०८३
images

काठमाडौंका सामुदायिक विद्यालयमा एसईई नतिजा उत्साहजनक, उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले बढ्यो

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 213
    SHARES
  • काठमाडौंका सामुदायिक विद्यालयमा एसईई नतिजा उत्साहजनक, उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले बढ्यो

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूको नतिजा उल्लेखनीय रहेको छ । 

    images

    विशेष गरी ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४४.७७ प्रतिशतले वृद्धि भएको हो ।

    शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् ।

    images

    अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले उच्च श्रेणीमा सफलता प्राप्त गरेका हुन् ।

    काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र विद्यार्थीको शैक्षिक क्षमतामा वृद्धि ल्याउने अभियानस्वरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

  • सम्बन्धित विषय:

  • # एसईई