सोमबार, कार्तिक १७ गते २०८३
images
images

नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 338
    SHARES
  • नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

    काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय तोकिएको छ । 

    images

    सोमबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले घुस लिएको कारण ८ वर्ष कैद र नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रहेर भ्रष्टाचार गरेको अभियोगमा थप तीन महिना कैद सजाय सुनाएको हो । 

    पद्म हाउजिङसँग ९ करोड २२ लाख रुपैंयाको घुस लेनदेनको प्रकरणमा विधेश अदालतले यस अघि नै बस्नेतलाई दोषी ठहर गरेको थियो ।  त्यस्तै पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाखको जरिवाना गरेको छ । साथै हाउजिङ र पद्मा मर्चेन्टले पनि सोहि दरले जरिवाना तिर्नुपर्ने आदेशमा उल्लेख छ ।

    images

    विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ । विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपैंया जरिवाना तोकेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र कँडेलविरुद्ध मुद्दा दायर गरेको थियो।

     

  • सम्बन्धित विषय:

  • # मोहनबहादुर बस्नेत