मंगलबार, भाद्र २३ गते २०८३
images

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 238
    SHARES
  • सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

    काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि थप आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

    images

    कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड़ ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो ।

    images

    कम्पनीले कर्मचारीहरुका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो । थप सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कितादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    यो आईपीओ निष्काशन अवधि छिटोमा असार २७ गतेसम्म तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि खुला रहनेछ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # हिम स्टार उर्जा