मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ३४.४२ अंकले बढ्यो सेयर बजार,९ अर्ब ७४ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 379
    SHARES
  • बुधबार ३४.४२ अंकले बढ्यो सेयर बजार,९ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

    images

    आज बजार ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ७४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८२ कम्पनीको सेयर मुल्य बढेको छ भने ६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से