काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बिहिबत्रार ९ अर्ब ६४ अर्बको कारोबार भएको छ ।
त्यसैगरी आज १२२ कम्पनीको सेयर मुल्य बढेको छ भने १२५ कम्पनीको सेयर मुल्य घटेको छ ।
आज साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।


