बुधबार, भाद्र २४ गते २०८३
images

कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

एक्सप्रेस पाना
आषाढ २०, २०८२ शुक्रबार
  • 169
    SHARES
  • कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

    काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । 

    images

    अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।

    यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो । ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।

    images

    यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ । 

    बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # ट्रम्प