मंगलबार, भाद्र २३ गते २०८३
images

गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

एक्सप्रेस पाना
आषाढ २१, २०८२ शनिबार
  • 163
    SHARES
  • गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

    काठमाडौं । गोरखा सुनचाँदी व्यवसायी संघले सुनमा, वहुमुल्य हिरा र पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलन गरेका छन् । 

    images

    शुक्रबार सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र वहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेजीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । 

    संघले सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रस्ट निति नियमावली निर्माण गर, विलाशिता कर खारेज गर जस्ता माग राखेर आन्दोलन गरेका छन् ।

    images

    Photo (5) (7).jpg

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।

    Photo (1) (20).jpg

    अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गथ्र्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी