मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आन्दोलनलाई थप तीव्र बनाउने सुनचाँदी व्यवसायीको घोषण

एक्सप्रेस पाना
आषाढ २२, २०८२ आइतबार
  • 186
    SHARES
  • आन्दोलनलाई थप तीव्र बनाउने सुनचाँदी व्यवसायीको घोषण

    काठमाडौं । सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई थप तीव्र बनाउने घोषण गरेका छन् । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै असार २७ गतेसम्म काठमाडौं उपत्यकाभर आन्दोलन जारी रहने घोषणा गरेका हुन्।

    व्यवसायीहरूले सरकारले चालु आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेजीको माग गर्दै केही दिनदेखि सुनचाँदी पसल बन्द गरेर विरोध प्रदर्शन गर्दै आएका छन्। आन्दोलनको दोस्रो चरणमा प्रवेश गर्दै उनीहरूले साताव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका हुन्।

    images

    आइतबार व्यवसायीहरूले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो मागसहितको मस्यौदा बुझाउने र न्युरोड क्षेत्रमा प्लेकार्डसहित एक घण्टा विरोध प्रदर्शन गर्ने जनाएका छन् । 

    त्यसैगरी असार २३ गते आन्दोलनको आगामी रणनीति तय गर्न विज्ञहरू सहितको समूहसँग परामर्श गर्ने, २४ गते उपत्यकाका विभिन्न नगर र जिल्लामा बाँकी रहेका विरोध कार्यक्रमहरू सम्पन्न गरिने बताइएको छ ।  त्यसपछि असार २५ गते विषयगत गोष्ठी आयोजना गरिने र असार २६ गते काठमाडौंमा खबरदारी सभा गरिने आन्दोलन कार्यतालिकामा उल्लेख छ।

    साताको अन्तिम दिन, असार २७ गते शुक्रबार काठमाडौंमा नै राष्ट्रिय स्तरको खबरदारी सभा गरिने जनाइएको छ।

    हाल लागू गरिएको कर नीति व्यवसायमैत्री नभएको र यसले व्यवसाय धरासायी बनाउन सक्ने जोखिम रहेको दाबी गरिएको छ। उनीहरूले तत्काल कर खारेज नगरे आन्दोलन अझ कडा बनाउने चेतावनीसमेत दिएका छन्।

    05a31d52c6438ffdf24bb82af19db3cb1751784330.jpg

  • सम्बन्धित विषय:

  • # सुनचाँदी व्यवसायी