काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि कारोबार सामान्य घटेको छ । बिहिबार ९ अर्ब ६४ अर्बको कारोबार भएको बजारमा आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने १६२ कम्पनीको सेयर मुल्य भने घटेको छ ।


