काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार आइतबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाएको हो। दलले आइतबार नै प्रधानमन्त्रीलाई भट्ने बताएको छ ।
सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेहुन्छ । प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन्।
.jpg)


