मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार २२.३५ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २३, २०८२ सोमबार
  • 271
    SHARES
  • सोमबार २२.३५ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज बजार २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ३९ कम्पनीको सेयर मुल्य बढेको छ भने २०९ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से