मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २२.०४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ४५ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २५, २०८२ बुधबार
  • 325
    SHARES
  • बुधबार २२.०४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २२.०४ अंकले बढेर २७०५.९० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ५७ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १९९ कम्पनीको सेयर मुल्य बढेको छ भने ४९ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार