मंगलबार, भाद्र २३ गते २०८३
images

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 216
    SHARES
  • हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको  छ । 

    images

    इच्छुक सर्वसाधारणले शुक्रबार कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । 

    कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।

    images

    गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

    यसका साथै  लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा असार २७ गते  र ढिलोमा साउन ६ गते हुनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # हिम स्टार उर्जा कम्पनी