काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले सेयर धितो कर्जाको सीमा बढाइएको बताएका हुन् ।
राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको हो । यसअघि यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ थियो ।
.jpg)


